सालीको अनुहार जोडेर अश्लील भिडियो बनाएको आरोपमा भिनाजु पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्युरोले काठमाडौंको रवि भवनका २८ वर्षीय कमल घिमिरे (नाम परिवर्तन)लाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार डेढ वर्षदेखि डेनमार्कमा बस्दै आएकी साली (कमला)को अनुहार जोडेर कमलले अश्लील भिडियो बनाएका थिए । उनले सालीको नाममा नक्कली अकाउन्ट बनाएर त्यसैबाट कमलालाई ती भिडियोहरु पठाएका थिए ।
भिनाजुले आफूलाई मानसिक यातना दिएको आरोप कमलाको छ । यता कमलले आफू दलित भएको र अन्तरजातीय विवाह भएका कारण सासू र साली मिलेर श्रीमतीलाई आफूबाट छुटाउन खोजेकाले रिस पोखेको बयान दिएका छन् ।
आफूले प्रेम विवाह गरेको र सामान्य झगडा हुँदासमेत श्रीमतीलाई माइत बोलाइहाल्ने र अर्कै केटासँग विवाह गर भनेर सुझाव दिने गरेकाले आफूलाई रिस उठेको कमलले प्रहरीलाई बयान दिएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं