सूचनाको शक्ति - The Power Of Information

        

आजबाट सर्वोच्चमा कोशी सरकारको वैधानिकतामाथि बहस हुने

कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा आइतबारदेखि अन्तिम सुनुाई सुरु हुदैछ ।

मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो ।

पूर्व मूख्यमन्त्री हिक्मत कार्कीले हालेको रीटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोशी प्रदेश सरकारलाई दीर्घकालिन प्रभावका काम गर्न रोक लगाउँदै साउन ७ गतेदेखि अन्तिम सुनुवाई गर्न आदेश दिएको थियो । इजलाशको आदेश अनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गरिसकेकाले आइतबारदेखि अन्तिम सुनुवाई सुरु हुने छ ।

संघीय सरकारमा रहेका गठबन्धन दलहरुले कोशी प्रदेशको एमाले सरकार ढाल्ने क्रममा सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर देखाएर कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार ०८:१५