सूचनाको शक्ति - The Power Of Information

        

भारतले फेरि खोल्यो धौलिगंगा बाँध, सतर्क रहन आग्रह

भारतले धौलिगङ्गा बाँध पुनः खोलेको छ । बाँध आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि खोलिएकोले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतको उत्तराखण्डमा पर्ने धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको जिल्ला प्रशासन बैतडीले जारी गरेको सूचनामा उल्लेख छ ।

सो समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताए । यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ०८:२०