सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा भेटिएको शवको पहिचान खुल्यो

शुक्रबार बिहान कोहलपुर बसपार्क नजिकै भेटिएको शवको पहिचान खुलेको छ ।

कोहलपुर नगरपालिका ११ मा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको थियो । उक्त शव बैजनाथ गाँउपालिका ६ पार्बतिपुर घर भएका ऐन बुढा छेत्री रहेको प्रहरी स्रोतले जनाएको छ ।

शवलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । घटनाको कारण भने अझैं खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १८:३९