२०८० साउन ५ गते शुक्रवार, २१ जुलाई २०२३ । अधिक श्रावण शुक्लपक्ष चतुर्थी तिथि । मघा नक्षत्र, १२ः३२ बजेपछि पूर्वफाल्गुनी । चन्द्रराशि– सिंह ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ । नयाँ काम थाल्न समय पर्खनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । तापनि मिहिनेतले सफलता दिलाउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ । सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । बिनाकारण आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले पनि निराश तुल्याउन सक्छ । सामाजिक क्षेत्रमा भने केही अवसर प्राप्त हुनेछन् । शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ । तर आलस्य गर्ने बानीले पछि परिनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन् । करकापमा परी काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । सोख पूरा गर्न सञ्चित रकम खर्च हुने देखिन्छ । अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । बोलीको भरमा चिताएको काम बन्नेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दाम र नाम कमाउने समय छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ने समय छ । खर्च लागे पनि दिगो काम फेला पर्नेछ । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ । सामाजिक प्रभाव बढ्नेछ । मिहिनेत गर्दा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ । उचित मूल्यांकन भए पनि मिहिनेतको प्रतिफल हातपार्न केही समय लाग्नेछ । महत्त्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ । मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ । काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ । तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । आफ्ना सूचना बाहिरिनाले समस्या पर्नेछ । सामान्य काममा धेरै धन र श्रम खर्चनुपर्ला । लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ । काममा व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । रमाइलो यात्रा र सम्मान खानपानको आनन्द प्राप्त हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ । रोग वा शत्रुबाधा देखापर्ने हुँदा काम रोकिन सक्छ । मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ । लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ । काममा व्यस्तता बढे पनि अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ ।
सत्यपाटी संवाददाता । काठमाडौं