सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस बैठकमा गगन थापाको बर्थ डे सेलिब्रेसन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय सदस्य समितिको बैठकमै जन्मदिन मनाएका छन् ।

केन्द्रीय सदस्यको तेस्रो दिनको बैठक सकिए लगत्तै केक काटेर महामन्त्री थापाको जन्मदिन मनाइएको हो ।

पदाधिकारी सहित केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरेका हुन् ।

आजको बैठक सकिए लगत्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको जन्मदिन मनाउने सुनाएका थिए ।

जन्मदिन मनाउने क्रममा ‘ह्याप्पी बर्थ डे टु यु’ गीत बजाइएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १८:३१