प्रेम बुढा/बर्दिया । गत शुक्रबार मधुवन नगरपालिका– ४ ढोढरीको सिंचाई नहरमा बच्चा जन्माएर फालेकी महिला पक्राउ परेकी छिन् । प्रहरीले ढोढरी माचडकी हिराकुमारी चौधरीलाई बच्चा फालेको अभियोगमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ । पक्राउ परेकी चौधरी गत असारमा भएको स्थानीय निकायको निर्वाचनमा एमालेबाट उपमेयर पदमा पराजित भएकी महिला हुन् । पक्राउ परेकी चौधरीका श्रीमान नेपाल प्रहरीमा जागिरे छन् ।
शुक्रबार बिहान करिब ५ बजेको समयमा उनले बच्चा जन्माएर पानीभित्र फालिदिएको प्रहरीलाई बयान दिएको प्रहरी निरिक्षक अशोकप्रसाद श्रेष्ठले बताए । पक्राउ परेकी चौधरीले मधुवन–६ का स्थानीय विकास केसीसँग अबैध सम्बन्ध भएको बयान दिएपछि अभियुक्त केसीलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका केसीले आरोपको खण्डन गरेका छन् । सरकारवादी मुद्दा भएकाले पक्राउ परेका दुवैलाई आवश्यक कागजात पुरा गरी जिल्ला अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
।