प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गरेरै छाड्ने संकल्प लिएको बताउनु भएको छ ।
आज बुधबार गोरखामा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माण कार्यले अब गति लिने पनि दाबी गर्नुभयो ।
देशको मध्य भागमा जलाशययुक्त जलविद्युत आयोजना निर्माणले सिंगो देशको विकास र समृद्धिमा गुणात्मक योगदान प¥याउने उहाँको विश्वास छ । प्रधानमन्त्री दाहालले आयोजना निर्माण कार्य छिट्टै अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री दाहालले प्राधिकरण बनाउने विषयमा बृहत्तर छलफल गर्दै अहिलेलाई कम्पनी मार्फत निर्माण सुरु गर्न लागिएको बताउनुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोजनालाई बहुउद्देश्यीय बनाएर लैजानुपर्ने बताउनुभयो ।
सत्यपाटी संवाददाता । काठमाडौँ