सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

पाँच वटा प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो के हुन्छ ?

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू–भागमा वर्षा हुने बताएको छ । महाशाखाका अनुसार आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा आज बिहानै हल्का वर्षा भइरहेको छ । बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने पनि पूर्वानुमान महाशाखाले छ ।

बाँकी भू-भागका आंशिकदेखि सामान्य बदली रहनेछ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर छ ।

त्यस्तै हावाहुरी, भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार ०६:२७