सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘पञ्चामृत ’मा धिरजको जोडी आँचल

निर्माणको तयारीमा रहेको फिल्म ‘पञ्चामृत’मा नायिका आँचल शर्मा र नायक धिरज मगर पनि जोडिने भएका छन् ।

करिब ५ वर्षपछि निर्देशनमा फर्किन लागेका मुस्कान ढकालले फिल्मको टिम अप बलियो बनाउँदै धिरज र आँचललाई  भित्र्याउने भएका हुन् । फिल्ममा धिरज र आँचलको जोडी बाँधिने जनाइएको छ ।

यस अघि फिल्ममा सौगात मल्ल, निरुता सिंह, बिपना थापा, उत्तम प्रधान र मिथिला शर्मा अनुबन्धित भैसकेका छन् । लभ स्टोरी कथावस्तुमा बन्न लागेको फिल्म तीनवटा च्याप्टर निर्माण हुनेछ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १७:३४