सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

नेपाली कांग्रेस केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी पार्टीले केन्द्रीय सदस्यहरुलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश भएको छ ।

मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रिय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रश्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रिय सदस्यहरुलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश गर्नुभएको हो ।

उहाँले अरु ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरु पार्टी काममा लाग्नुपर्ने तालिका पेश गर्नुभएको छ । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उहाँले पार्टी नेता, कार्यकर्ताहरुले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, आइपर्न सक्ने प्राकृतिक विपद्हरुको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने महामन्त्री थापाकाे को भनाई छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १७:३०