सूचनाको शक्ति - The Power Of Information

        

लगातार चौथो दिन पनि शेयर बजार बढ्यो

लगातार चौथो दिन आज मङ्गलवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ९१ अङ्कले बढेर दुई हजार एक सय ५४ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।

आज बैंकिङ, लगानी, बीमा, उत्पादन, लघुवित्त र अन्य समूहको शेयर बढेको छ । अरू समूहको शेयर भने ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार बढेकाे दिन दुई सय ५५ वटा कम्पनीका ८६ लाख ७६ हजार कित्ता शेयर कारोबार भएका छन् । ५६ हजार चार सय पटक भएको कारोबारमा तीन अर्ब ५४ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै स्वालम्बन लघुवित्त कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १७:२१