सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका–२ बाट गिट्टी बोकेर गुइनडातर्फ गइरहेको ट्याक्टर दशरथचन्द नगरपालिका ६ को सनकट्या भिरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्टर चालक कैलालीका सुरेन चौधरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो ।

ट्याक्टर भिरबाट करिब ३ सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १०:२४