सूचनाको शक्ति - The Power Of Information

        

साउन १, संयोग अनेक

आज साउने सक्रान्ति । सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेको दिनलाई साउने संक्रान्ति पर्वका रूपमा मनाइँदै आएको छ । यो दिनमा दान, पूजापाठ गर्ने हिन्दू परम्परा रहेको छ ।

माघ १ गतेदेखि उत्तरायण भएका सूर्य पनि आजकै दिनबाट दक्षिणायण लाग्ने ज्योतिषीय मत रहेको छ । ज्योतिष शास्त्र अनुसार दक्षिणायन र उत्तरायणको विशेष महत्व हुन्छ ।

साउन महिनालाई शिवजीको महिना पनि भनिन्छ । यो महिनामा शिवभक्तले व्रत बस्ने, उपासना गर्ने गर्छन् । यसैगरी महिलाले हरियो चुरा, हरियो पहिरन र हातमा मेहन्दी लगाउने गर्छन् ।

यसैगरी आजकै दिन लुतो फाल्ने चलन पनि हाम्रो समाजमा छ । बर्खाभरि रोपाइँ गर्दा हिलाले खुट्टा खाने लगायत छाला सम्बन्धी रोग लाग्ने भएकाले लुतो फाल्दा निको हुने जनविश्वास रहिआएको छ ।

आज साउनको पहिलो सोमबार पनि हो । साउनका सोमबार विशेष मानिन्छन् । यस दिन औंसी पनि परेको छ । सोमबारे औंसीलाइ धार्मिक दृष्टिकोणका हिसाबले महत्वपूर्ण मानिन्छ ।

आजैदेखि नयाँ आर्थिक वर्ष २०८१–०८१ पनि लागू भएको छ । सरकारले जेठ १५ गते बजेटमार्फत प्रस्तुत गरेको विभिन्न कर, भ्याट लगायतका नयाँ व्यवस्था कार्यान्वयनमा आएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १६:२४