सूचनाको शक्ति - The Power Of Information

        

निर्माण हुँदै फिल्म ‘ऊनको स्विटर’ , विपिन र मिरुना मुख्य भुमिकामा

फिल्म ‘ऊनको स्विटर’ निर्माणको घोषणा गरिएको छ ।

आर्टमाण्डूको ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा देखिँदै छन् । टाइटल गीत सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो ।

फिल्ममा विपिन र मिरुनाका अलावा एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बा लगायतका कलाकारको पनि अभिनय रहनेछ । साथै, बाँकी कलाकार भने छिट्टै फाइनल हुने बताइएको छ ।

मंसिरको पहिलो साताबाट फ्लोरमा जाने फिलमको निर्देशन नवीन चौहानले गर्ने छन् ।नवीनले आर्टमाण्डूमार्फत् ‘तीन पाते’, घुमिघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, ‘के माया लाग्छ र, बटौली’ जस्ता दर्जन भन्दा बढी म्युजिकल फिल्म निर्माण गरिसकेका छन् ।

फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १४:०८