सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज साउन १ गते सार्वजनिक बिदा दिएको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको २०७८ चैत २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार मन्त्रालयले गत मंगलबार नै सूचना जारी गर्दै असार १ गते सार्वजनिक बिदा दिएको जानकारी दिएको थियो ।

साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार ०८:२९