सूचनाको शक्ति - The Power Of Information

        

उद्योगीलाई दुःख दिन पक्राउ पुर्जी

बिनाअनुसन्धान मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको घटनाप्रति नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ ।

कुनै व्यक्तिले घर बनाउँदा बनाउँदै भत्किएको घटनामाथि थप अनुसन्धान नगरी उजुरीकै आधारमा पक्राउ पूर्जी जारी गरिएको भन्दै संघले आपत्ति जनाएको हो ।

सप्तरीको राजविराज नगरपालिकामका दिवाकर साहको निर्माणाधीन घर केही दिन अघि भत्किएको थियो । साहको घर भत्किएपछि उनले गुणस्तरहीन सिमेन्टका कारण आफ्नो घर भत्किएको भन्दै उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा उद्योगका सञ्चालकसहित दुई दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले सोही घटनामा कम्पनीका बिजेनस डाइरेक्टर ज्योति शर्मालाई पक्राउ गरेको छ ।

पूर्वाधार निर्माणमा सिमेन्टको मात्रै भूमिका नहुने भन्दै अन्य निर्माण सामग्रीको प्रयोगलगायत प्रविधिक विषयमा अनुसन्धान नगरी एकपक्षीय रूपमा उद्योगीलाई निसाना बनाइएको संघको भनाइ छ ।

उद्योगीलाई अनावश्यक दुःख दिने उद्देश्यले पक्राउ पुर्जी जारी भएको विरोध भएपछि प्रशासन दबाबमा परेको थियो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : ३१ असार २०८०, आइतवार ०८:२२