सूचनाको शक्ति - The Power Of Information

        

एक सोच : जसले विपन्नलाई दियो घर

अति विपन्न सहयोग कोषले निर्माण गर्ने घरका बारेमा छलफल गर्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, जलवायु संरक्षण अभियान नेपालका अध्यक्ष हेमन्तराज काफ्ले, जलवायु संरक्षण अभियान नेपालका महासचिव एवं नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव काशीराम शर्मा र अति विपन्न सहयोग कोषका कोषाध्यक्ष सुरेन्द्रदीप कार्की ।

अति विपन्न सहयोग कोषले निर्माण गर्ने घरका बारेमा छलफल गर्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, जलवायु संरक्षण अभियान नेपालका अध्यक्ष हेमन्तराज काफ्ले, जलवायु संरक्षण अभियान नेपालका महासचिव एवं नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव काशीराम शर्मा र अति विपन्न सहयोग कोषका कोषाध्यक्ष सुरेन्द्रदीप कार्की ।


हेमन्तराज काफले

समाजमा विभिन्न सोचका मानिसहरू हुन्छन् । यो जगत सोचकै एक परिकल्पना हो । आज मानिसरुले हाँक्ने यान्त्रिक बस्तुहरु सबै सोचकै परिणाम हुन् । आज संसार साँघुरो भएको भान भएको छ । सामाजिक सञ्जाल पनि पनि कसैको एक परिकल्पना हो । मानिस सामाजिक प्राणी हो । तर पनि मानिस जति सामाजिक भए पनि एकल स्वार्थमा बढी लालायित हुन्छ । समाजको लागि केही गरौँ भन्ने सोच भएका मानिसहरू यो धर्तीमा निकै कम हुन्छन् । मानिसलाई सबै थाहा छ असम्भव केही हुँदैन । यो मानिस चन्द्रमा पुगिसक्यो सगरमाथा चढी सक्यो । अझ मानिसले के के नयाँ आयामहरु अन्वेषण गर्दैछ । आजका सारा आकाशमा उड्ने जमिनमा गुड्ने वस्तुहरु पनि कसैको कसैको सोच नै हो । अनि किन मानिस सबै यस्ता सोचहरु सोच्न सक्दैनन् । किन मानिस समाजमा बसेर पनि सामाजिक बन्न सक्दैन यो खोजको विषय हो । मात्र संसारमा केही औंलामा गन्न सकिन्छ जो समाजको समाजकै लागि आफ्नो प्राण आहुती दिएर गएका छन् ।
आफ्ना लागी होइन हामीले अरुको लागि पनि केही गर्नुपर्छ भन्ने एउटा सोच हुनत सबैलाई नयाँ नयाँ काम गर्ने सोच त हुन्छ नै तर सुद्द समाजका लागि केही गर्न सके निकै राम्रो हुन्थ्यो एक कप चियामा ठाकुर सिङ थारुले भने । समाजका लागि ऐना हुन ठाकुर सिङ थारु उनको पत्रकारिता कलम निकै राम्रो तरिकाले चल्छ उनले आफ्नो समाजमा निकै अनुकरणीय काम गरेका छन् । उनी नै हुन् समाचारको भरमा पढ्न नपाएका दुई जना नानीलाई पैसा संकलन गरेर दिने । उनी शुद्ध मन भएका एक सामाजिक अभियान्ता नै हुन् । उनी पत्रकार महासंघ बाँकेका जिल्ला अध्यक्ष हुन् । एक सफल वकील पनि हुन् उनी । उनले चिया पिउँदै पत्रकार महासंघको अफिसमा मसँग भने हाम्रा लागित हामी जन्मेकै छाँै । हाम्रा परिवारलाई हाम्रो कमाईले राम्रैसँग धानेको छ । हामीले अरुका लागि केही गर्न सके निकै राम्रो हुन्थ्यो । यो चिया पिउँदै उउनले भनेका शब्दहरु हुन् । यो ठाकुरजीको यो सोचले म नतमस्तक भएर एकछिन मेरो मगजमा शुन्य भयो र म उनका कुरा सुन्दै थिए । उनले गफसँगै चियाको चुस्की लिँदै थिए र उनले भने हामीले दिनमा १० कप जति चिया पिउछौँ । वास्तवमा चियाले शरीरमा कुनै फाइदा दिँदैन दिनको १० कप चियाको मुल्य १५० यसलाई महिनाको हिसाब गर्यो भने तीन हजार बढी हुन्छ । मैले चिया नपिएर महिनामा तीन हजार अन्तै खर्च गर्न सक्छु । यदि हामीले यस्तै १०० जना जति सहयोगी साथीहरुलाई समेट्न सक्यौ भने लाखौ उठ्दो रहेछ । यसरी संकलन भएको रकम निस्वार्थ वर्षमा दुई जना अतिबिपन्न गरिब परिवारलाई घर बनाईदिने यस्तो अभियान बनाउदा कस्तो होला उनले मुस्कुराउँदै भने ।
मैले थपे साचै ठाकुरजी यो तपाईको सोच निकै राम्रो लाग्यो । समाजको लागि हामीले केही गर्न सक्यौ भने बाँचेको सार पनि हुन्छ । थपे जन्मदिन, पुजा आजा, विवाह एनिभर्सरी भनेर हजारौ खर्च गर्छौ त्यस्ता दिनका मात्र एक–एक हजार सहयोग जम्मा गर्न सके त ठाकुरजी यो तपाईको सोच सजिलै सफल हुन्छ । केही बेरपछि ठाकुरजीले एउटा घरसहितको पोस्ट सामाजिक सञ्जालमा राख्नुभयो । अनि मैले उहाँको सोचलाई आफ्नो नि साथ हुने भन्दै बाहिरिए । म धेरै दिनसम्म यो सोचलाई नि कल्पना गर्दै थिए एक दिन ठाकुरजीले फोन गर्दै भन्नुभो, मित्र हाम्रो अभियानमा धेरैले साथ दिने भनेका छन् । बिस्तारै ठाकुरको सोच साकार पार्न एउटा टिम नै बन्यो र अहिले अतिबिपन्न सहयोग कोषको रुपमा देखापरेको छ । निकै सहयोगी साथीहरु गोलबन्द हुनुभएको छ । यस संस्थाका सम्पूर्ण सदस्यहरु समाजका परिचित नामहरु हुन् । आज ठाकुरको चिया पिउँदाको एक सोचले गरिब परिवारले घर पाउने भएका छन् । यो कोसमा हजारौं रकम उठिसकेको छ । मेरो मगज समाजको अवस्था देखेर कम्पन हुन्छ र म कल्पना गर्छु संसार परिवर्तन एक सोचले नै भएको हो । अनि हामी समाजका लागि किन सोच्न सक्दैनौँ । जुन सोचले आज बाँकेको हिरमिनियाको एक विपन्न परिवारले घर पाउने भएको छ । दुई कोठा र भान्सासहितको घरका लागि सिलन्यास समेत भइसकेको छ । सलाम छ, ठाकुरजीको एक सोचलाई ।

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार ०९:०७