सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री दाहालकी पत्नीको स्वास्थ्य अवस्था गम्भीर

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेको छ ।

स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि गएराती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधान आउन सकेको छैन ।

प्रधानमन्त्री दाहाल र माओवादी मन्त्रीहरु अहिले नर्भिक अस्पतालमा भेला भएका छन् । सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्था रहनु भएको छ ।

पार्किन्सन जस्तो देखिने उहाँको विमारीलाई चिकित्सा विज्ञानमा प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) भनिएको छ ।

उहाँको पछिल्लो स्वास्थ्य अवस्थाबारे नर्भिक अस्पताल र पारिवारिक स्रोतले केही जानकारी गराएको छैन ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार ०९:१४