सूचनाको शक्ति - The Power Of Information

        

नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा

सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।

क्वाटरफाइनलमा रुसका आन्द्रे रुब्लेभलाई ३–१ को सेटमा हराउँदै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् ।

रुब्लेभविरुद्धको खेल जोकोभिचले ४–६, ६–१, ६–४ र ६–३ ले जिते । करियरमा २४ औं ग्राण्डस्लाम उपाधिको खोजीमा रहेका जोकोभिचले अब सेमिफाइनलमा इटालीका यानिक सिनरसँग खेल्नेछन् ।

यस्तै, महिलातर्फ विश्व नम्बर एक इगा सिवाटेक पराजित भएकी छिन् । पोलीस खेलाडी सिवाटेकलाई क्वाटरफाइनलमा युक्रेनकी एलिना भितोलिनाले २–१ को सेटमा हराएकी हुन् । सिवाटेकविरुद्धको खेल भितोलिनाले ७-५, ६-७ र ६-२ ले जितिन् ।

क्वाटरफाइनलको अर्को खेलमा अमेरिकाकी जेसिका पेग्लालाई ६-४, २-६ र ६-४ ले हराउँदै चेक गणतन्त्रकी मार्केटा भोन्द्राउसोभा पनि सेमिफाइनलमा पुगेकी छिन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार ०७:४८