सूचनाको शक्ति - The Power Of Information

        

वैदेशिक रोजगार विभाग : पीडितभन्दा पीडककै पक्षमा

वैदेशिक रोजगार विभागका वरिष्ठ कर्मचारीहरू नै म्यानपावर कम्पनीका सञ्चालकलाई टेलिफोन गरेर सोध्छन्, ‘हजुरहरू कहिले आउनुहुन्छ ? हजुरहरूविरुद्ध यहाँ पीडित उजुरी दिन आएका छन्। हजुर समय मिलाएर आउनुहोस्। त्यसैअनुसार तारेखमा पीडितलाई बोलाइदिउँला।’

यो दृश्य वैदेशिक रोजगार विभागमा देख्न पाइन्छ। ठगिएका पीडित न्याय माग्न दिनहुँजसो विभाग पुग्छन्। विभागका कर्मचारी पीडितका व्यथा पाँच मिनेट पनि सुन्ने धैर्यता राख्र्दैनन्।

कर्मचारीले म्यानपावर कम्पनीका सञ्चालकलाई खुसी पार्न टेलिफोन गर्न भने समय निकाल्छन्। पीडितले गुनासो सुनाउन खोज्दा उनीहरूलाई झर्को लाग्छ। पीडक पदक थाप्नझैं छाती फुलाएर विभागमा पुग्छन्।

उनीहरूलाई विभागका वरिष्ठ कर्मचारीले सोध्छन्, ‘चियापानमा हजुरलाई के ल्याऊँ।’ विभागका कर्मचारीले ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकलाई कारबाही गर्नुको साटो ससुरालीमा झैं स्वागत गर्छन्।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : २७ असार २०८०, बुधबार ०६:५४