सूचनाको शक्ति - The Power Of Information

        

जोकोभिच र अल्कारेज विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश

उपाधि दावेदारहरु नोभाक जोकोभिच र कार्लोस अल्कारेज विम्बल्डन टेनिसको क्वाटरफाइनलमा पुगेका छन् ।

लण्डनमा आइतबार दुई सेटपछि रोकिएर सोमबार सकिएको खेलमा जोकोभिच विजयी भए । पोल्याण्डका हुबर्ट हुर्काजविद्धको खेल जोकोभिचले ७–६, ७–६, ४–६ र ६–४ ले जिते । क्वाटरफाइनलमा जोकोभिचले मंगलबार रुसी खेलाडी आन्द्रे रुब्लेभको सामना गर्नेछन् ।

पुरुषतर्फकै अर्को खेलमा इटालीका माटियो बेरेटिनीलाई ३-६, ६-३, ६-३ र ६-३ को सेटमा हराउँदै स्पेनका कार्लोस अल्कारेज पनि क्वाटरफाइनलमा पुगेका छन् । अल्कारेजले अब डेनमार्कका होल्गर रुनसँग खेल्नेछन् ।

उता महिलातर्फ ट्युनिसियाकी ओन्स जबिउर र काजखस्तानकी एलिना रिबाकिनाले क्वाटरफाइनल भिडन्त तय गरेका छन् । राउण्ड अफ सिक्सटिनको खेलमा जबिउरले चेक गणतन्त्रकी पेट्रा कितोभालाई सोझो दुई सेटमा हराउँदा रिबाकिनाले ब्राजिलकी बियात्रिज हदादलाई पाखा लगाइन् ।

जबिउर र रिबाकिना अघिल्लो वर्षको विम्बल्डन फाइनलमा भिडेका थिए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार ०८:०४