रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग भेटवार्ता गरेका छन् । क्रेमलिनले यसको पुष्टि गरेको छ।
केही दिनअघि वाग्नर समुहका प्रमुख प्रिगोजिनले पुटिनविरुद्ध विद्रोहको घोषणा गरेका थिए । तर, बेलारुसको मध्यस्थतामा दुवैबीच सहमति भएको थियो । त्यसपछि यी दुईबीचको यो पहिलो भेट हो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार मस्कोमा भएको बैठकमा निमन्त्रणा गरिएका ३५ वाग्नर कमाण्डरहरूसहित प्रमुख प्रिगोजिन सहभागी थिए। तर, उनीहरू बिचमा के कुराकानी भयो भन्ने बारेमा केही खुलाइएको छैन ।
विगतका महिनाहरूमा प्रिगोजिनले बारम्बार रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई युक्रेनमा रहेका आफ्ना सेनाहरूलाई जानाजानी कम आपूर्ति गरेको आरोप लगाएका छन्।
त्यसपछि रुसी रक्षा मन्त्रालयले युक्रेनका स्वयम्सेवक लडाकुहरूले जुनको अन्त्यसम्ममा उनीहरूसँग सम्झौता गर्नुपर्ने बताएका थिए । मन्त्रालयले गरेको घोषणामा वाग्नर समूहको नाम भने राखिएको छैन।
सत्यपाटी संवाददाता । काठमाडौँ