सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस भेलामा नेतृत्व परिवर्तनको गुञ्जन

संसद्को सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा नीति नेतृत्व र कार्यक्रम बदल्नुपर्ने आवाज गुञ्जिएको छ ।

जिल्ला सभापतिहरूको भेलामा नेताहरूले पार्टीको अवस्था बिग्रिएको भन्दै नेतृत्व सच्चिएर युवा पुस्तालाई आकर्षण गर्ने नीति, नेतृत्व र कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् ।

जिल्ला सभापतिहरूको भेलालगत्तै पार्टी महामन्त्री गगन थापाले जिल्लाकै नेताहरूको सुझावलाई मनन गर्दै पार्टीमा नेतृत्व परिवर्तन गरी नयाँ नीति कार्यक्रम ल्याउनुको विकल्प नरहेको बताउनुभयो । अन्य दलहरूले मिसन २०८४ को एजेन्डा बोकेर हिँड्दै गर्दा नेपाली कांग्रेसले मिसन २०८० /८१ को तयारी गर्नुपर्ने बताउनुभयो ।

आगामी सरकारको नेतृत्व गर्दा पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक लगाउने अभियानमा चलाउँदै आएका थापाले पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्न नदिने बताउनुभएको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २४ असार २०८०, आइतवार ०७:५९