सूचनाको शक्ति - The Power Of Information

        

मुग्लिन-नारायणगढ सडकडमा फेरि पहिरो, यातायात अवरुद्ध

मुग्लिन नारायणगढ सडकखण्डमा पुनः पहिरो खसेको छ । काली खोला नजिकै सुख्खा पहिरो खस्दा आवागमन ठप्प भएको हो । अपरान्ह ४ बजे पहिरो खसेको र पन्छाउने काम भइरहेको बताइएको छ ।

पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ । शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो खसेसँगै राजमार्ग दुबैतर्फ अवरूद्ध भएको प्रहरी जनाएको छ ।

मुग्लिनका ट्राफिक इन्चार्ज सई चुडामणि पोखरेलका अनुसार पहिरोले मानवीय क्षति नगरे पनि चौपायलाई पुरेको आशंका छ । यद्यपि यकिन भइसकेको छैन । अवरूद्ध भएको सडक खुलाउन ८–९ घण्टा लाग्ने उनले बताए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार १७:२३