के कोल्ड ड्रिंक पिउँदा क्यान्सर हुन सक्छ ? यो हाम्रो होइन डब्ल्यूएचओको अनुसन्धानले बताइरहेको कुरा हो । एस्पार्टम संसारको सबैभन्दा सामान्य कृत्रिम मिठाई मध्ये एक हो जसले क्यान्सर निम्त्याउन सक्छ ।
यतिमात्र होइन अर्को महिना यसलाई विश्वको प्रमुख स्वास्थ्य निकायले सम्भावित कार्सिनोजेन घोषणा गर्ने खबर पनि आएको छ । यस बाहेक विश्व स्वास्थ्य संगठनको यो रिपोर्टले धेरै कुरा भन्छ ।
कोला र च्युइङ गमलाई पनि कार्सिनोजेन घोषणा
डब्ल्यूएचओ (विश्व स्वास्थ्य संगठन)को यो रिपोर्ट अनुसार सोडा र सफ्ट ड्रिंकहरू जस्तै कोलादेखि च्युइगम र केही स्न्यापल पेय पदार्थमा प्रयोग हुने एस्पार्टमले शरीरमा क्यान्सर कोशिकाहरूलाई ट्रिगर गर्न सक्छ ।
यस बिषयमा इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले एस्पार्टेम युक्त उत्पादन कम वा बढी लिनुले स्वास्थ्यमा असर गरिरहेको बताएको छ ।
एस्पार्टेम के हो र यसले कसरी क्यान्सर निम्त्याउँछ ?
एस्पार्टेम एक कृत्रिम स्वीटनर वा एउटा जैविक यौगिक हो जसलाई मिथाइल एस्टर भनिन्छ । यो नियमित दानेदार चिनी भन्दा २०० गुणा बढि गुलियो हुन्छ ।
यो १९८१ मा कम क्यालोरी स्वीटनरका रूपमा बजारमा आएको थियो । यसलाई सुगर फ्री पनि भनिन्छ । यद्यपि यसको स्वास्थ्यसँग सम्बन्धित हानिका कुराहरु बाहिर आउन थालेका छन् ।
२०१७ मा पोषण न्यूरोसाइन्सका अनुसन्धानकर्ताहरूले रिपोर्ट गरे अनुसार यसले मानिसको तन्त्रिका स्वास्थ्यलाई असर गर्छ जसले टाउको दुख्ने, माइग्रेन, चिढचिढापन, चिन्ता, अवसाद र अनिद्रा लगायत व्यवहार र संज्ञानात्मक समस्याहरू निम्त्याउन सक्छ ।
यस बाहेक यसले केही क्यान्सर कोशिकाहरूलाई पनि उत्प्रेरित गरिरहेको छ जुन शरीरमा विभिन्न परिवर्तनका रूपमा बाहिर निस्किरहेको छ ।
रिपोर्ट अनुसार यहि जुलाईमा क्यान्सरको अनुसन्धानका लागि अन्तर्राष्ट्रिय एजेन्सीले पहिलो पटक मानिसका लागि घातक कार्सिनोजेनिक शीर्षक अन्तर्गत धेरै उत्पादनहरू लाइ सूचीबद्ध गर्नेछ जसले क्यान्सर निम्त्याउन सक्छ ।
यसअघि पनि डब्ल्यूएचओ कमिटी अन एडिटिभ्सका धेरै रिपोर्टहरु आएका छन् । यो प्रसङमा यो वर्ष पनि एस्पार्टेमको प्रयोगको समीक्षा गर्दैछ । यसको बैठक जुनको अन्त्यमा सुरु भएको छ भने जुलाईमा यसको निर्णय आउन सक्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं