सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीका सई घुससहित पक्राउ, अदालतले अब के गर्छ !

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका नायव निरीक्षक (लेखापाल) विनोद विष्टविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । अख्तियारले उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

विष्टमाथि भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आरोप छ । आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा फेला पारेको थियो ।

त्यसपछि पक्राउ परेका बिष्टमाथि थप अनुसन्धान हुँदा उनले सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकाले मुद्धा चलाइएको अख्तियारले जनाएको छ । अख्तियारले अदालतमा दायर गरेको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद र बिगो मागदाबी गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार ०६:२५