सूचनाको शक्ति - The Power Of Information

        

कस्ता हुन्छन् विकृत यौन सम्बन्ध ?

यौन विकृतिले आज विश्व जगतलाई विभिन्न रुपले गाँजिरहेको छ । यस्तो अवस्थामा केहि मानिसहरुले यौन नै सबथोक हो र यो विना बाँच्न असम्भव छ भन्ने अर्थमा यसलाई लिएर हिँडिरहेको बिज्ञहरुको दाबी छ ।

यसरी यौन विकृति बढ्नुमा मुख्य मस्तिष्क वा संयमको कमजोरी यौन विकृतिका एउटा रुप हो भन्ने उचित समयमा यौन सुख वा सन्तुष्ट प्राप्त गर्न नसक्नु र त्यसै अनुसार यौन विकृतिजन्य वातावरण पाउनु नै यौन विकृतिका मुख्य कारकतत्व रहेको कुरा यौन विशेषज्ञहरू बताउँछन् ।

यो यौन विकृतिको कुरालाई लिएर मनोरोग विशेषज्ञ र चिकित्सकहरूले अनेक किसिमका विकृति यौन सम्बन्धका बारेमा चर्चा गरेको पाइन्छ । हालसम्म विश्वमा देखा परेका यौन विकृति यस्ता छन्,

अति कामुकता – यो यौन विकृतिमा मानिस जुनसुकै समयमा पनि यौन इच्छा जाहेर गरेर हिँड्छ र जहाँ उसले राम्री युवती देख्छ, त्यतिखेर नै उसले यौन इच्छा राख्ने गर्दछ । जस्तोसुकै परिस्थितिमा पनि संधै त्यस्तो व्यक्तिको दिमागमा यौन बास गरेको जस्तो मनस्थिति बनाउने गर्दछ जसले गर्दा कुनै पनि ठाउँमा मौका मिल्ने वित्तिकै उसले स्त्रीसँग सहबास गरिहाल्छ ।

पीडा, दुःख दिई गरिने सेक्स – यौन रोगबाट ग्रस्त व्यक्तिले (स्त्री वा पुरुष) आफ्नो अर्को व्यक्तिलाई पीडा, दुःख, कष्ट पुर्याई यौन सुख पाएको वा सन्तुष्टिको अनुभूति गर्दछ ।

आफैलाई पीडा वा दुःख दिएर गरिने सेक्स – यो यौन विकृतिले ग्रसित मानिस आफैलाई पीडा, कष्ट दिएर आनन्द आएको अनुभूति गर्दछ । जस्तै बांधेर, कुल्चेर, दांत ओंठ टोकेर, नङ टोकेर, हात खुट्टाका औंला टोकेर आफैलाई चिथोरेर सेक्सको आनन्द पाएको महसूस गर्दछ । यसै विकृत मानिस पश्चिमी देशमा बढी पाइन्छन् ।

यौन दृश्य हेरेर यौन सुख – यौन विकृतिबाट पीडित व्यक्तिले अरुको यौन सम्बन्ध हेरेर पनि सन्तुष्टि प्राप्त गर्न सक्दछन् ।

कुनै अदृश्य ठाउँबाट लुकेर हेरिने र त्यसैलाई संस्मरण गरी यौन सुख – यो यौन विकृतिमा मानिसहरू अरुको नग्न अवस्था वा गुप्ताङ्गहरू लुकेर र्हेदछन् र यौन सन्तुष्टि पाएको महसूस गर्दछन् ।

समलिंगी कामुकता – यो यौन विकृतिले ग्रस्त मानिस समान लिङ्गीसँग यौन सम्बन्ध स्थापित गर्दछन् । विपरीत लिङ्गसँग सहवास गरेको सम्झेर आनन्द मान्दछन् । जस्तै र्दुइ स्त्रीहरू यौन सर्म्पर्क कायम गर्दा एकलाई पुरुष र अर्कोलाई स्त्री ठान्दछन्

अति उत्तेजक कामुकता – यौन विकृतिले ग्रस्त मानिस यौन सन्तुष्टिका लागि आगो लगाउने गर्दछन् अथवा यो रोगले ग्रस्त व्यक्ति आगो देखेर यौन सुख पूरा गर्ने चाहना गर्दछ । आगो भन्ने वाक्यांशले स्त्री जातिको योनीको प्रतिनिधित्व गर्ने गर्दछ ।

मुर्तीमा यौन सुख – यो यौन विकृतिका मानिसहरू कुनै राम्रो मुर्ती वा चित्र देखेर त्यससँग यौन समागम गरी सन्तुष्टि प्राप्त गरेको महसूस गर्दछन् अर्थात् त्यस्तै किसिमको हाउभाउद्वारा सन्तुष्टि हुन्छन् ।

स्त्री यौन इच्छा – यो यौन विकृति प्रायः स्त्री जातिमा पाइन्छ । यस रोगबाट ग्रस्त स्त्रीलाई यौन सुखको इच्छा अति तीव्र हुन्छ, जो निकै मुश्किलले शान्त हुने यस्ता खाले स्त्रीहरु आफ्नो यौन उत्तेजनाले चरम रुप लिएपछि गिला र नरम वस्तु जस्तै मोटा र लामा खाले रबर, भान्टा वा हस्तमैथुन गरेर भए पनि आफ्ना चाहनालाई सन्तुष्टि गर्ने गर्दछन् ।

अमानवीय यौन सुख – अमानवीय जीवहरूको साथ यौन सम्बन्ध स्थापित गर्दछन, विकृतिले ग्रस्त व्यक्ति वा भूत प्रेतसँग यौन सम्बन्ध स्थापित गरी सन्तुष्टि पाउँछन् ।

दर्शन यौन सुख – यो यौन रोगले ग्रसित व्यक्ति मात्र विपरीत लिङ्गीको गुप्ताङ्गहरू हेरेर आनन्द प्राप्त गर्दछ । यसबाट उसलाई यौन सन्तुष्टि हुन्छ ।

अश्लील बोली – यो यौन विकृतिले ग्रस्त मानिस संधै अश्लील शब्द बोल्न मन पराउँछन् । विपरीत लिङ्गहरुबाट अश्लील शब्द बोल्न लगाई सुनेर आनन्दित हुन्छन् । यस्तो रोगीहरू हरेक काम कुरामा अश्लील बोलेरै सन्तुष्टि प्राप्त गर्दछन् ।

स्रोत : विभिन्न एजेन्सीहरु
प्रकाशित मिति : २० असार २०८०, बुधबार १७:१२