सूचनाको शक्ति - The Power Of Information

        

बबई नदीमा डुबेर युवकको ज्यान गयो

दाङको बबई नदीमा डुबेर एक युवकको ज्यान गएको छ ।

ज्यान जानेमा बबई गाउँपालिका वडा नम्बर ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमबहादुर सुनारले जानकारी दिनुभयो ।

बबई गाउँपालिका वडा नम्बर १ मलईबाट घर फर्कने क्रममा बबई नदीमा डुबेर युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ०७:५२