सूचनाको शक्ति - The Power Of Information

        

गण्डकी प्रदेश अथाह शक्ति, अलपत्र आयोजना

गण्डकी प्रदेशवासीको प्रतिव्यक्ति आय १ हजार ४ सय ९२ अमेरिकी डलर छ । र, यहाँको गरिबीको जीवस्तर अन्य प्रदेशको तुलनामा कम छ ।

गण्डकीको आर्थिक वृद्धिदर ३ दशमलब ७४ प्रतिशत हो ।

चालु आवको चैतसम्म गण्डकीको ९ प्रतिशत (अर्थात् ४ अर्ब ८२ अर्ब) कुल गार्हस्थ उत्पादन छ । विगतमा ३ खर्ब ८ अर्ब रहेकोमा अहिले बढेको हो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा। गिरधारी शर्मा पौडेल भन्छन्, ‘गण्डकीको शक्ति र सामथ्र्य धेरै छ । तर चिन्न सकेको छैन ।’

नीति तथा योजना आयोगमा दुई कार्यकाल रहेका डा. पौडेलको विचारमा गण्डकीको ऊर्जा र खनिजमा बढी सामथ्र्य छ । उनी भन्छन्, ‘यहाँको हर्वल मेडिसिनलाई पनि उपयोग गर्न सक्यौं भने गण्डकीमा वार्षिक औषधीमा खर्च हुने २० अरब रुपैयाँ जोगिने छ ।’

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : १९ असार २०८०, मंगलवार ०७:४८