सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ आज पाँच सय रुपैयाँले बढ्यो

सुन चाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार एक सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतवार १४:२०