सूचनाको शक्ति - The Power Of Information

        

अधिकार र सञ्चार पैरवी विषयक अभिमुखिकरण आजदेखि नेपालगन्जमा

मधेशी तथा मुस्लिम समुदायको अधिकार र सञ्चार पैरवी विषयक दुई दिने अभिमुखिकरण आजदेखि नेपालगञ्जमा सुरु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ को सहयोग र जोहन मिडिया एण्ड रिसर्च सेन्टर नेपालगञ्जको आयोजनामा आजदेखि सुरु भएको अभिमुखिकरण सोमवार (भोली) सम्म चल्ने छ ।

No description available.

अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ६ का वडाअध्यक्ष गोपाल पुनले पछाडि पारिएका समुदायलाई नेतृत्वमा ल्याउन, उनीहरुका अधिकार लाई स्थापीत गर्न र उनीहरुका अधिकारका बारेमा सचेतन गराउन स्थानिय सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

No description available.

वडा सदस्य रुमिता श्रेष्ठले मधेशी र मुस्लिम समुदायको अधिकारका लागि अझ धेरै काम गर्न बाँकी रहेको र ती अधिकारका लागि स्थानिय सरकार लागि परेको बताईन् ।

No description available.

जोहन मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष विष्णु सापकोटा सभापति रहेको कार्यक्रममा वडा सदस्य, मोहम्मद सलिम मुसलमान र उत्तम सिंग सिजापतिको पनि उपस्थीति रहेको छ ।

 

No description available.

कार्यक्रममा मधेसी अधिकारकर्मी सुर्यलाल यादव र मुस्लिम अधिकारकर्मी साहिदा बानोले सहजीकरण गरिरहेका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतवार १४:०३