सूचनाको शक्ति - The Power Of Information

        

६३ वर्षीय बाबुद्वारा १९ वर्षीया छोरी बलात्कार, सात महिनाको गर्भ

बर्दिया । बढैयाताल गाउँपालिका—८ मा एक बाबुले छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । ६३ वर्षीय बाबुले १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
माइत आएकी छोरीलाई गतवर्ष कार्तिकदेखि उनले पटक पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक गणेशसिंह महताले श्रीमान् विदेश गएको मौका छोपी माइत बसेकी छोरीलाई बाबुले जवरजस्ती करणी गर्देै आएका थिए ।
थाइराइडकी बिरामी छोरीलाई बलात्कार गरेपछि सात महिनाको गर्भ रहेको प्रहरी निरिक्षक महताले जानकारी दिए । श्रीमान् विदेशबाट फर्केपछि बाबुविरुद्ध छोरीले जबरजस्ती करणीको मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार ११:०८