सूचनाको शक्ति - The Power Of Information

        

तरुण दलको तदर्थ समितिमा चारसय सदस्य थप (सूचीसहित)

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका छन् ।

गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले सातै प्रदेशबाट सदस्यहरू मनोनयन गरेको हो ।

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

पार्टीभित्रको गुटउपगुट मिलाउँदा तरुण दलको जम्बो तदर्थ समिति बनेको कांग्रेस स्रोतले बतायो । आन्तरिक गुटबन्दीका कारण तरुण दलसहित कांग्रेसका भ्रातृ संस्थाहरूले लामो समयदेखि महाधिवेशन गर्न सकेका छैनन् ।

यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १०:४७