सूचनाको शक्ति - The Power Of Information

        

डाक्टरको हातमा झाडु (फोटोफिचरसहित)

जलवायु संरक्षण अभियान नेपालका अध्यक्ष हेमन्तराज काफ्ले र क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जका संयोजक डा विनोद कर्ण ।

जलवायु संरक्षण अभियान नेपालका अध्यक्ष हेमन्तराज काफ्ले र क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जका संयोजक डा विनोद कर्ण ।


बाँके । डाक्टरको काम विरामी जाँच्ने हो, विरामीहरुको उपचारमा व्यस्त रहनुपर्ने हो । तर नेपालगन्जका बरिष्ट सर्जन डा विनोद कर्णको दैनिकी अन्य डाक्टरको भन्दा निकै फरक छ । नेपालगन्ज मेडिकल कलेजमा कार्यरत डा कर्ण विरामीको जाँच र उपचार मात्रै होइन रोग नलागोस् भनेर वातावरण संरक्षणमा होमिएका छन् । उनी ६२ औं हप्तादेखि हातमा ग्लोब्स लगाएर सडकका चौकचौक र गल्लीगल्ली सफाई गर्न झाडु लगाउँदै हिडिरहेका छन् । समाजमा सकारात्मक परिवर्तन गर्ने उद्देश्य राख्दै उनी पछिल्लो समय राजनीतिमा समेत सक्रिय भएका छन् ।
आगामी मंसिर २१ गते हुने निर्वाचनमा बाँके क्षेत्र नं. २ प्रदेश सभा २ बाट साझा तथा विवेकशील पार्टीबाट उम्मेद्वारी दिएका छन् । सकारात्मक सोचका धनी, मन्द मुस्कानमा झाडु लगाउँदै हिड्ने उनले समाज परिवर्तनका लागि राजनीतिमा होमिएको बताए । यसैबीच, नियमित शनिबारे कार्यक्रम अन्तरगत आज ६२ औं नेपालगन्जको बिपीचोकमा क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जको आयोजनामा हरित र सरसफाई अभियानलाई सार्थक पार्नका लागि बिपीचोक परिसर सरसफाई गरिएको छ । क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जका संयोजकसमेत रहेका डा कर्ण, जलवायु संरक्षण अभियान नेपालका अध्यक्ष हेमन्तराज काफ्ले, अधिवक्ता विश्वजित तिवारी, राप्रपा (प्रजातान्त्रिक)का तेजनारायण कँडेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार ०८:२०