सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बाम गठबन्धनले बनायो सचिवालय


हेमन्तराज काफ्ले/बाँके । संयुक्त बाम गठबन्धनले बाँकेमा निर्वाचन परिचालन सचिवालय गठन गरेको छ । शुक्रबार साँझ बसेको संयुक्त बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन सचिवालय गठन गरेको छ । समितिको सहसंयोजकमा नेकपा माओवादी केन्द्रका प्रकाश सुवेदी रहेका छन् ।
सदस्यहरुमा नेकपा एमालेबाट पूर्व केन्द्रीय सदस्य देवराज भार, केन्द्रीय सदस्यद्वय दलबहादुर सुनार, मो.हारुन, जिल्ला अध्यक्ष अशोक कोइराला रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट डम्बर बिक, अक्कलबहादुर बम र नरेन्द्र पाण्डे रहेका छन् । सचिवालयले सबै निर्वाचन क्षेत्र, गाउँपालिका र नगर तथा उपमहानगरपालिकामा निर्वाचन परिचलन कमिटी बनाउने अभियानलाई तीव्रता दिनेछ । सचिवालयले यही मंसिर २० गते सोमबार जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला बोलाएको एमाले बाँकेका उपसचिव प्रमोद धितालले सत्यपाटीलाई जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार ०४:१९