सूचनाको शक्ति - The Power Of Information

        

भारतीय प्रधनामन्त्री मोदीद्वारा अमेरिकी संसदमा सम्बोधन

अमेरिकाको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्नुभएको छ ।

बिहिबार राति सिनेट र प्रतिनिधिसभाका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्दै मोदीले जनताको सेवामै प्रजातन्त्रको अर्थ हुने बताउनुभयो ।

अमेरिका र भारतबीचको सम्बन्धको चर्चा गर्दै उहाँले भारत अब छिट्टै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने घोषणा पनि गर्नुभयो । अमेरिका भारतको महत्वपूर्ण रक्षा साझेदार बनेको भन्दै मोदीले आतंकवाद विरुद्धको लडाईमा कुनै सम्झौता हुदैन भन्नुभयो ।

भारत अघि बढ्दा विश्व नै अघि बढ्ने भन्दै रुस युक्रेन युद्धले विश्वलाई नै पीडा दिएको बताउनुभयो । रुस–युक्रेन युद्धबाट मोदीले यो भन्दा बढी टिप्पणी भने गर्न चाहनु भएन ।

चीन र पाकिस्तानप्रति सीधा टिप्पणी नगरे पनि मोदीले हिन्द प्रशान्त क्षेत्रमा टकरावको कालो बादल मडारिन थालेको बताउनुभयो । मोदीले वैठकलाई सम्बोधन गरिरहँदा संसद तालीले गुञ्जायमान भएको थियो । दर्शकदीर्घाबाट “मोदी मोदी” भन्दै प्रशंसा गरिएको थियो ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार ०८:०१