सूचनाको शक्ति - The Power Of Information

        

किन बढ्दैछ बीमा सरेण्डर ?

पछिल्ला महिनामा बीमा पोलिसी परित्याग ( सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।

जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्राधिकरण अनुसार गत वैशाखमा मात्रै जीवन बीमा कम्पनीबाट एक अर्ब ३० करोड ८६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

चैत र वैशाखलाई तुलना गर्ने हो भने वैशाखमा सरेण्डर हुने पोलिसी संख्या र रकम दुबै बढेको छ ।

वैशाखमा मात्रै १५ जीवन बीमा कम्पनीमा १० हजार ७ सय ९७ वटा बीमालेख सरेण्डर भएको छ । चैतमा ९ हजार ३ सय ५८ वटा बीमालेख सरेण्डर भएको थियो, जुन एक अर्ब १८ करोड रुपैयाँबराबरकाे थियो ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : ७ असार २०८०, बिहीबार ०७:३७