सूचनाको शक्ति - The Power Of Information

        

डा. राजन पाण्डे थारू रत्नबाट सम्मानित

थारू आयोगले भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसिय डा. राजन पाण्डेलाई थारू रत्नबाट सम्मानित गरेको छ ।

थारू समुदायमा जनस्वास्थ्य समस्याकोरुपमा रहेको सिकसल एनिमिया तथा थालेसेमिया रोगको पहिचान, उपचार र निदानका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सिकलसेल विज्ञ डा पाण्डेलाई आज काठमाडौमा आयोजित एक कार्यक्रमका बीच आयोगले थारु रत्नबाट सम्मानित गरेको हो ।

आयोगबाट गैरथारु सम्मानित हुने डा. पाण्डे पहिलो ब्यक्ति हुन् । यसअघि आयोगले थारुलाई मात्र सम्मान गर्ने गरेको थियो । डा. पाण्डे थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको एकस्पर्टसमेत हुन् ।

लुम्बिनी प्रदेशमात्रै नभएर कर्णाली र सुदूरपश्चिम प्रदेशकै ११ औं तहका एकमात्र सिनियर चिकित्सक डा. पाण्डेले बिरामीको जाँच र उपचारसँगै उनीहरुको अध्ययन गरी पोलेसी लेभलबाट त्यसको दीर्घकालीन समाधानको खोजी गर्ने काम गर्दै आएका छन् ।

फलस्वरूप सिकलसेलका बिरामीले उपचार खर्च बाफत अहिले एक लाख रुपैयाँ पाइरहेका छन् । त्यसैगरी स्थानीय सरकारलेपनि आफ्नो नीति तथा कार्यक्रममा सिकसलसेल एनिमियालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्न थालेका छन् ।

डब्लुएचओ पेन प्लस कार्यक्रमका सिकलसेल विज्ञ समेत रहेका डा. पाण्डेले दिने सुझावले राज्यको नीतिगत व्यवस्थामा फेरबदल हुने गरेको छ । रक्तजन्य रोगहरुको नेपाल रणनीतिका मुख्य मस्यौदाकार डा. पाण्डेले युरोपियन मुलुकसहित अहिलेसम्म २५ देशमा पुगेर त्यहाँको स्वास्थ्य अवस्थाको अनुगमन, अवलोकनसहित कार्यपत्र प्रस्तुत गरिसकेका छन् ।

अहिलेसम्म उनी २०७३ सालमा सम्मानिय राष्ट्रपतिबाट प्रवल जनसेवा श्री, २०७८ मा सुप्रवल जनसेवा श्री, २०७८ सालमै सम्मानिय पूर्व राष्ट्रपतिबाट बारबरा फाउण्डेसन पदक तथा पुरस्कार, मुख्यमन्त्री प्रज्ज्वल दीप पदकबाट सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १८:२५