सूचनाको शक्ति - The Power Of Information

        

चट्याङ लागेर एक जनाको मृत्यु

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहांरको चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाइ छ । चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

मृतक कहांर पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका ५ को विरकोटमा रहेको विरकोट आर्युवेर्दिक औषधालयको कविराज निरीक्षक पदमा कार्यरत थिए । शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १९:४६