सूचनाको शक्ति - The Power Of Information

        

समाचार

लाइसेन्सकाे प्रयोगात्मक परीक्षामा अनधिकृत व्यक्तिको प्रवेश, परिक्षार्थी त्रासमा

नेपाल प्रहरीका आइजीको सचिवालयको हवाला दिदै सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा अनधिकृत व्यक्तिको प्रवेशले परिक्षार्थीमा त्रास फैलिएको छ ।

आइजीको हवाला दिदै आफुलाई इन्स्पेक्टर बताउने फलबहादुर तामाङ र सई दुर्गा गौतम यातायात व्यवस्था कार्यालय नेपालगन्जको प्रयोगात्मक परीक्षा केन्द्र (ट्रायल सेन्टर) मा पुगेर परिक्षार्थीको फायल नै बोकेर चेकजाँच गर्न थालेपछि परिक्षार्थी त्रासमा छन् ।

No description available.

परिक्षा केन्द्रमा प्रवेश गर्न सम्बन्धित परिक्षा समितिको अनुमती लिनुपर्ने भए पनि इन्स्पेक्टर तामाङको नेतृत्वमा सई गौतमले फायल नै बोकेर परिक्षा केन्द्रमा चेकजाँच गर्न थालेपछि त्रासका कारण कतिपय परिक्षार्थीले परिक्षा नै छाड्ने परेको बताएका छन् ।

परिक्षा समितिमा यातायात व्यवस्था कार्यालयका प्रमुखको नेतृत्वमा एक जना प्राविधिक र ट्राफिक प्रहरी सदस्य रहने व्यवस्था भए पनि शक्तिकेन्द्रको आडमा बिना अनुमती अनधिकृत व्यक्तिले परिक्षामा हस्तक्षेप गर्नु गैरकानुनी मानिन्छ ।

यातायात व्यवस्था कार्यालयका एक जना कर्मचारी भन्छन्, हामीले भनेका पनि हौ, उहाँहरु आइजीको सचिवालय हवाला दिएर जबर्जस्त परिक्षा केन्द्रमा प्रवेश गर्नुहुन्छ, हामीले रोक्न सक्ने अवस्था छैन ।

No description available.

भुटानी शरणार्थी प्रकरणमा मुछिएका आइजी वसन्त कुवर पछिल्लो समय देशभर घुमुवा खटाएर असुली धन्दामा सकृय भएको प्रहरीको उच्च श्रोतले बतायो । श्रोतले भन्यो, आइजी साबले देशभर घुमुवा खटाउनु राम्रो होइन । तर उहाँ असामान्य रुपमा असुलीमा लाग्नु भएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार ०९:०६