हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी, प्रदेशमा सामान्य बदली रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।
कोशी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेने जनाएको छ ।
बाँकी तराई भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । कोशी प्रदेशको केही स्थान, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा र देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मेघगर्जन र चट्याङसहित बाढी, पहिरो भू–क्षय र गेग्रान बहावको सम्भावना रहेको तथा वर्षाका कारण नदीको स्तर बढेर हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं