सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा प्रहरी परिचालन गरि विद्यालय सञ्चालन

नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलनका क्रममा आइतबार देखि देशभरिको सामुदायिक विद्यालय अनिश्चित कालिन बन्द घोषणा गरेको छ ।

बाँके नरैनापुरमा तलब नपाएका अनुदान शिक्षकको आन्दोलन जारी रहेकै बेला परिषदले समेत विद्यालय बन्द गर्ने घोेषणा गरेपछि नरैनापुर क्षेत्रमा प्रहरी परिचालन गरेर विद्यालय सञ्चालन गरिएको छ ।

लामो समयदेखि संघीय शिक्षा कानून लागु गर्न माँग गर्दै आन्दोलनमा रहेको परिषदले आजदेखि अनिश्चित कालिन विद्यालय बन्द गर्ने घोषणा गरेको हो । विद्यालयमा अवरोध रोक्न नरैनापुर क्षेत्र भरि प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतवार १९:०४