सूचनाको शक्ति - The Power Of Information

        

राहदानी दस्तुर घट्यो

सरकारले राहदानी अर्थात पासपोर्ट लिँदा लाग्ने दस्तुर घटाएको छ ।

सरकारले अब ६६ पेजको विद्युतीय राहदानी ५ हजार रुपैयाँमा दिने भएको हो । यो व्यवस्था आइतबारदेखि लागु हुनेछ ।

सरकारले ६६ पेजको विद्युतीय राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहे ५ हजार रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत बनाउदा १० हजार रुपैयाँ दस्तुर तिर्नुपथ्र्यो ।

गत जेठ २४ मा बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानीलाई ३४ पृष्ठको राहदानी बराबरको मुल्यमा उपलब्ध गराउने निर्णय गरेको हो ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : ३ असार २०८०, आइतवार ०७:४६