सूचनाको शक्ति - The Power Of Information

        

कपडामा लागेको पहेँलो दाग कसरी हटाउने ?

यदि कपडामा बेसारको कडा दाग लागेको छ र निकाल्न मुस्किल भइरहेको छ भने विभिन्न घरेलु तरिका अपनाउन सकिन्छ । जानौं त्यस्ता तरिका ।

  • बेसारले लागेको दागलाई हटाउन तपाईंले सेतो भेनेगरको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि कपडालाई सर्फमा भिजाउँदा एक चम्चा भेनेगर राख्नुहोस् । केहीबेर भिजेपछि त्यसलाई धुँदा दाग सजिलै जान्छ ।
  • बेसारको दाग लागेपछि तुरुन्तै हटाउन सर्फमा तातो पानीमा भिजाएर धुँदा पनि जान्छ ।
  • बेसारको दाग छुटाउनका लागि ब्लीचको प्रयोग पनि गर्न सकिन्छ । यसका लागि कपडा धुनु अघि आधा घण्टा केही थोपा ब्लीच राखेर भिजाउनुहोस् र सामान्य तरिकाले धुनुहोस् । यसले दाग जान्छ ।
  • बेसारको दाग हटाउन टुथपेस्टमा बेकिंग सोडा मिसाएर पनि धुन सकिन्छ । यो मिश्रणलाई दाग लागेको ठाउँमा लगाउने र मिचेर सफा गरेमा जान्छ ।
  • बेसारको दाग हटाउन कागतीको प्रयोग पनि गर्न सकिन्छ । त्यसका लागि दाग लागेको ठाउँमा कागतीको रस लगाएर केहीबेर छोड्ने र फेरि सर्फको सहयोगले धुँदा दाग सजिलै जान्छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार ०९:५८