सूचनाको शक्ति - The Power Of Information

        

नौ हजार रकम घुससहित नेपालगन्ज–१३ का कार्यवाहक वडाध्यक्ष पक्राउ

नेपालगन्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया नौ हजार घुससहित पक्राउ परेका छन् ।

शुक्रबार कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

कृषि अनुदानका लागि सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले दिएको जानकारी अनुसार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार ०६:२४