सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’

प्रभास स्टारर् भारतीय फिल्म ‘आदिपुरुष’ काठमाडौं उपत्यकाका हलहरुमा प्रदर्शनमा आएको छ । मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकामा हलहरुमा ११ बजेबाट आदिपुरुष प्रदर्शन भइसकेको छ । बिहानको शोहरु सुरक्षाका कारण स्थगित भए पनि ११ बजेपछिका शोहरु सञ्चालन भइरहेको क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरीले बताइन् ।

‘क्यूएफएक्सका ७ वटा हलका बिहानका शोहरु रद्द भएपछि हामीले पैसा नै फिर्ता गर्नुपर्यो । ११ बजेपछिका सबै शोहरु रिलिज भइरहेका छन्,’ उनले भनिन् । भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई ‘भारतीकी छोरी’ भन्ने संवाद रहेको बाहिरिएपछि यो फिल्म विवादमा तानिएको हो । नेपालमा यो संवाद हटाएर सेन्सर पास भइसकेको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भारतमा पनि सीता भारतकी छोरी भनिएको शब्द नहटाएसम्म काठमाडौंमा फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन् । बालेनले संवाद हटाउन तीन दिनको समय दिएका छन् । सो समयसम्म संवाद नहटाए काठमाडौं महानगरमा हिन्दी फिल्म चल्न नदिने उनको चेतावनी छ ।

बालेको चेतावनीपछि सामाजिक संजाल पक्ष र विपक्षमा बाँडिएको थियो । फिल्मब बहिष्कार गर्नुपर्छ भन्ने आवाज उठेपछि सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै आज काठमाडौंका हलमा बिहानको शोहरु हुन सकेको थिएन । उपत्यकाका मल्टिप्लेक्सहरुमा आदिपुरुष हेर्नेको उल्लेख्य उपस्थिति देखिएको छ । ओम राउत निर्देशित यस फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खान र सनी सिंह मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १२:३३