चितवन । नारायणगढ–मुग्लिन सडक–खण्डका भित्ता (भीर)मा रक क्लाम्बिङ खेल जस्तै मजदूरहरू टल्कने ज्याकेट र पहँेलो हेल्मेटमा भीरभीरमा देखिन्छन् । चिल्लो सडकमा कुदेका गाडीबाट मुण्टो ठाडो पारेर हेर्दा टुप्पामा मजदूरहरू भीरमा अड्किएर गरिरहेका छन् । एक त पहिरो लड्ने जोखिम क्षेत्र, त्यसमाथि छङ्गाछुर भीरमा पुगेर मजदूुरहरूले काम गरेको देख्दा कतिको आङ नै सिरिङ्ग हुन्छ ।
उनीहरू मुख्य गरी फलामको डण्डीको भ¥याङ (स्काफोल्डिङ)मा बसेर तथा कतै बाँसको स्काफोल्डिङमा काम गर्दैछन् । मजदूर कतै जाली बिच्छ््याउँदै तथा कतै जुट बिच्छ्याउँदै छन् । उनीहरूले गरेको काम ‘रकम मेटिङ’ प्रविधि हो । अर्काे स्थानमा जुट मेटिङ र बायोइञ्जिनीयरिङ काम पनि जारी छ ।
‘मुख्यगरी यहाँबाट पहिरो खसी मानवीय र भौतिक वस्तुको क्षति नहोस् भनेर यसरी काम गरिरहेका छौंँ,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालले भने, ‘विगतका जस्ता पहिरो यसले रोक्छ ।’ अहिले जोखिम रहेका ११ स्थानमा काम भइरहेको छ । अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुने यो प्रविधि आयोजनाले प्रयोग गरेको छ ।
सोही क्षेत्रमा स्थलगत रूपमा रक मेटिङका साइड हेरिरहेका ओभरसियर प्रकाश भण्डारी रक मेटिङको काम तीव्र भइरहेको बताउँदै भन्छन्, ‘अधिकांश क्षेत्रका भीरको काम सकिन लागेको छ असार १५ सम्ममा सबै काम सकिन्छ ।’ अन्य क्षेत्रको १८ स्थानमा भने बायो इञ्जिनीयरिङको काम जारी रहेको भण्डारी बताउँछन् ।
मुख्यगरी कालीखोलादेखि मुग्लिनसम्मको सडकमा र कालीखोलाभन्दा यता नारायणगढ क्षेत्रमा पर्ने भालुढुंगा र सेती दोभानमा यसरी काम भइरहेको छ । अर्काे चार किलो भन्ने स्थानमा भने भित्रसम्म नै चट्टान चलायमान रहेकाले यो प्रविधिले थेग्न नसक्ने देखिएको इञ्जिनीयर बताउँछन् । सोही क्षेत्रमा गाडी चलाउँदै आउनुभएका सवारी चालक कृष्ण परियार सडक राम्रो र चिल्लो भए पनि माथिबाट आउने पहिराको भने ठूलो डर रहेको बताउँछन् ।
अहिलेसम्म नारायणगढ–मुग्लिन सडकको काम करीब ९४ प्रतिशत सकिएको छ । दोस्रो तहको कालोपत्रेको काम सकिएर अहिले तेस्रो चरणको कामसमेत १६ किलोमिटर सकिएको आयोजनाले जनाएको छ । चार पटक थपिएको म्याद गत जेठ १६ गते सकिएको हो । अब बाँकी काम म्याद थप भएन भने जरिवाना तिरेर पनि ठेकेदारले गर्नुपर्छ ।
।