सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीका २७ जना डिएसपीको सरुवा

नेपाल प्रहरीका दुई दर्जन बढी प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक वसन्त कुँवरको निर्णयानुसार २७ जना डिएसपीको सरुवा भएको जनाएको छ ।

जसअनुसार काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणमा दरबन्दी रहेका डिएसपी तुलसीराम अर्याल इलाका प्रहरी कार्यालय, टीकापुर पुगेका छन् । त्यस्तै, दोस्रो नम्बरमा रहेका इलाका प्रहरी कार्यालय, टीकापुरका डिएसपी उद्धवसिंह भाटको विशेष सुरक्षा गण, सुनवलमा सरुवा भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, आन्तरिक टर्मिनल, भैरहवामा कार्यरत डिएसपी रविन्द्रमान गुरुङ्ग प्रहरी वृत्त, सिंहदरबार आएका छन् । यता, कोशी प्रदेश प्रहरी कार्यालय, प्रहरी नायव महानिरीक्षकको सचिवालय, विराटनगरमा दरबन्दी रहेका डिएसपी सन्तोष तामाङलाई नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयको जिम्मेवारी सम्हालिरहेकी डिएसपी चिनीमाया तामाङ्ग राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, अनुगमन तथा मूल्याङ्कन शाखा पुगेकी छन् । इलाका प्रहरी कार्यालय, मिर्चैयाका डिएसपी हरिकृष्ण केसीलाई नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, कार्य–परिचालन शाखा, काठमाडौं खटाइएको छ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय, इलामका डिएसपी जितेन्द्रकुमार बस्नेतलाई इलाका प्रहरी कार्यालय मिर्चैया, नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनसरीका डिएसपी ओमप्रकाश खनाललाई मधेश प्रदेश प्रहरी कार्यालय, प्रहरी नायव महानिरीक्षकको सचिवालय, नेपाल प्रहरी प्रदेश कार्यालय, मानवस्रोत व्यवस्थापन शाखा, पर्साका डिएसपी छेदीलाल कामतीलाई जिल्ला प्रहरी कार्यालय, मोरङ्ग पठाइएको छ । सरुवाको विस्तृत विवरण संलग्न सूचीमा उल्लेख छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १७:४३