सूचनाको शक्ति - The Power Of Information

        

सेक्स पावर बढाउन यसो गर्नुस्

नशा लिने बानी र खानपिनमा हुने अनियमितताले धेरैको यौन जीवनमा समस्या सृजना हुदै आएको छ । जसका कारण समयअघि नै स्खलित हुने समस्या देखिने गरेको छ ।

यो समस्या भोगिरहेकाहरुका लागि यहाँ १० टिप्स उल्लेख गरिएको छ । यसलाई पालना गर्ने हो भने यौन जीवन धेरै हद सम्म आनन्दमय हुने अपेक्षा गर्न सकिन्छ ।

  • सम्भोग गर्नु तीन घण्टाअघि अन्न र जल त्याग गर्नुस् ।
  • हरेक समय पेट सफा राख्नुस् ।
  • किसमिस र ओखर खानुस् ।
  • हरेक दिन बिहान केही समय शारीरिक अभ्यास गर्नुस् ।
  • हरेक दिन बिहान १० मिनेट ध्यान गर्नुस् ।
  • सम्भोग प्रक्रिया सुरु गरेपछि बिचबिचमा रोकिनुस् र पुनः सुरु गर्नुस् ।
  • फोरप्लेमा बढी समय बिताउनुस् । सेक्स सम्बन्ध कायम गर्न कुनै हतार नगर्नुस् ।
  • सेक्सका बेला मनमा कुनै प्रकारको भय, चिन्ता वा घवराहटलाई स्थान नदिनुस् ।
  • सेक्स गर्नुअघि कुनै पनि कुरा नखानुस्, जसबाट शरीरमा दुर्गन्ध वा कुनै अन्य तिब्र गन्ध आओस् । सम्भव भएसम्म स्नान वा कम्तीमा पनि ब्रस गरेर सेक्स सुरु गर्नुस् ।
  • योगको आश्विनी मुद्राको अभ्यास गर्नुस् । यसबाट तपाईको सेक्सको समय बढ्न सक्छ । बज्रोली मुद्राबाट पनि सेक्स पावर बढाउन सकिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १७:५९